५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सोलुमा हिमपात र असिना

प्रकाशित मिति :  २५ माघ २०७७, आईतवार ०४:२३


काठमाडौं । सोलुखुम्बुका विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबारदेखि सोलुमा हिमपात सुरु भएको हो ।
हिमपातसँगै कतिपय ठाउँमा असिना पानी परेको छ । शुक्रबार खुम्बु क्षेत्रमा हिमपातसँगै असिना पानी समेत परेको थियो । त्यस्तै सल्लेरीमा पनि हिमपात भएको छ । लुक्ला, पिके लगायतका क्षेत्रमा पनि हिमपात भएको छ ।

हिमपात र असिना पानीको कारण चिसो बढेको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

हिमपात र वर्षा पछि किसान भने खुसी भएका छन् । पानी नपर्दा गहुँ खेती बिग्रिन लागेको बेला हिमपात र वर्षा भएपछि बाली राम्रो हुने भन्दै किसान खुसी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !