७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

समाज परिवर्तन सँगै फेरिएको तिज

प्रकाशित मिति :  १ आश्विन २०८०, सोमबार १३:५३


-प्रकाश जैशी-

हिन्दु संस्कृति र हिन्दु महिलाहरुको लागी बिशेष रुपमा हेरिने तिज नेपाली समाजमा निकै रमाइलो र उत्कृष्ट रुपमा मनाउदै आइरहेको छ।हिन्दु शास्त्र अनुसार तिजको छुट महत्व रहेको पाईन्छ। मा पार्वतीले भगवान शिवलाई पाउनको लागि लामो समयसम्म तपस्या गरेर प्राप्त गरेको र त्यसैको उपलक्ष्यमा तिज मनाउने भन्ने किवदन्तीहरु पाइन्छ। तिजले समाजमा भएका घटनालाई महिलाहरुले गितको माध्यमबाट समाजको अवस्था र महिलाहरुले समाजमा भोग्ने समस्यालाई तिजको अवसरमा सबै दु:ख पिडा मेटाउने गर्छन।

नेपालको पहाडी भेग तिर अझै तिजलाई पुरातन शैलीमा नै मनाउने प्रचलन छ।बिबाह गरेर छोरीलाई बिदाई गरि सकेपछि पोइली घर र माईती घरको लामो समय पछिको आमा र छोरीको भेटघाटलाई पनि तिजको एक विशेष महत्व दिएको पाइन्छ।छोरीलाई घर ल्याउन दाई वा भाइ लिन पठाउने र भाईले दिदिलाई घर ल्याएर आउने पनि तिजको बिशेष परम्परा हो।तिजमा छोरी घर आए पछि आमा र छोरी बिच सुख-दुःख लाई लिएर आमा र छोरी बिचको भलाकुसारीले पनि तिजको महत्व दर्शाउछ। माईतीघर आएकी छोरीले आफ्नो सुखदुःख लाई गितका साथमा मादल र मुरेली मार्फत आफ्ना मनको दु: ख लाई कम गर्ने तिजको बिशेष महत्व रहेको पाइन्छ।त्यसैका साथ मिस्ठान भोज गरेर मनाउने गर्छन ,व्रत बस्ने र आफ्ना पतिको लामो उमेर माग्ने कुराहरु पुराना बुक र पुराना पुस्ताका ब्यक्तिहरु बाट सुन्न पाइन्छ।

समाज परिवर्तन सँगै फेरिएको तिज

तिज अहिले रमाइलोको एउटा साध्न भएको छ भन्दा कति पनि फरक पर्दैन, समय संग समाजका मुल्यमान्यताहरु पनि परिवर्तन हुँदा रहिछ्न समयको च्रक संग मान्छेले पुराना कुराहरु आफ्नो शिक्षाको आधारमा गलत र कुसंस्कारका रूपमा सामाजिक मुल्यमान्यताहरु परिवर्तन गर्दै आफ्नो मनोरञ्जनको एउटा साध्यका रुपमा परिवर्तन गर्न खोज्दो रहिछ भन्ने कुरा अहिले अवस्था प्रष्ट हुन जान्छ।संस्कृत एकातिर छ संस्कारको पार्टो अर्कै भैसकेको छ। पहिलेको तिजको मुल्यमान्यतालाई अहिलेको पुस्ताले गलत्या र तिजको नाउँमा दर खाने कार्यक्रममा दारु र मासु खाएर अश्लील कार्य गर्ने बाहेक अर्को पार्टोको लागि तिज मानाएको देखिदैन।डिस्को गयो दारुको तालमा मात्यो कसैले नदेखाएको जवानी त्यही देखाएर हिड्ने अहिलेका माहिलालाई के थाहा तिजको महत्व र तिजको संस्कृति उत्पति, संस्कृतिलाई आफ्नो मनोरञ्जनको एक पाटो मात्र सम्झिने युवाहरुले संस्कृतिलाई मास्ने काम गरिरहेका छ्न। एउटा पुस्ताले अर्को पुस्ता लाई आफ्नो मौलिकता जस्ताको त्यस्तै हस्तान्तरण गर्दै जानु पर्ने हो तर पुरानो पुस्ताले नै आफ्नो मौलिकता उचित तरिकाले बचाउदै आउनु पर्ने तर के गर्ने बुढो पुस्ताले नै आफ्नो जिम्मेवारीबाट पन्छिएको कारणा आज हाम्रा संस्कृतिहरु खोज्दा पनि नभेटिने अवस्था रहेको छ।

संस्कृति र चाडपर्व

चाडपर्व भनेको रमाइलो गर्न र मनलाई शान्त गराउनको लागि नै बनाएको कुरा हो तर चाडपर्वको पनि आफ्नै महत्व रहन छ्न। चाडपर्व रमाइलो र मनलाई शान्त गर्नको लागि मात्र होइन त्यसको पनि आफ्नै महत्व रहेको छ।कुनै चिजको उत्पति हुनुको कुनै कारण र कार्य हुन्छ, त्यस्तै चाडपर्वको उत्पति हुनु पनि कुनै कारणले नै समाजले त्यि कुरालाई अगालेको हुन्छ। बिश्वमा धर्म र धर्मले उत्पत्ति गरेका कुराहरु र त्यो देशको पुरातन अस्तित्वले त्यो देशलाई बिश्वमा चिनाएको हुन्छ।उनीहरु त्यसैले देशको परिचय संग जोडिएको धर्म कला संस्कृतिलाई जगेर्णा गर्न गर्दछ्न र संस्कृति संग आफुलाई जोड्द छ्न।नेपालको परिवेशलाई अध्ययन गर्ने हो भन्ने हामीले आफ्नो संस्कृतिलाई मास्दै गैरहेका छौ। कुनै पनि देशको पहिचान त्यो देशको मौलिकता संग जोडिएको हुन्छ। हामीले नै मौलिकता तोडमतोड गरेर समाज र देशलाई मौलिकता बिहिन बनाउँदै छौ। बिश्वमा देश, देश बिचको भिन्नता किन रहेको छ भने हरेक देशको आफ्नै संस्कृति , आफ्नै मौलिकता छ्न। देशको कला संस्कृति चाडपर्व रितिरिवाज हरु नै देशको महत्त्व अंग हो।कला संस्कृतिलाई जगेर्णा गर्ने हो त्यस्ता चिज नष्ट गर्ने होइन।



प्रतिक्रिया दिनुहोस !