४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजापुरमा दुई वटा एम्बुलेन्स खरीद

प्रकाशित मिति :  १३ फाल्गुन २०७७, बिहीबार ०८:२७


काठमाण्डौं- लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरीद गर्नुभएको छ ।

खरीद गरिएको एम्बुलेन्स अबको केही दिनमै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।

उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईंका अनुसार सो योजनाअन्तर्गत राजापूुर – ६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरीद गर्न रु १०÷१० लाखका दरले बजेट विनियोजन गरिएको थियो ।
एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीयवासीले खुसिव्यक्त गरेका छन् ।
-रासस



प्रतिक्रिया दिनुहोस !