९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज चीनबाट आठ लाख डाेज खोप आउँदै

प्रकाशित मिति :  ७ श्रावण २०७८, बिहीबार ०५:२१


काठमाडौं । चीनबाट आज थप ८ लाख डोज काेभिड विरुद्धकाे भेरोसेल खोप नेपाल ल्याईंदैछ ।

नेपाल वायु सेवा निगमको जहाजले आज दिउँसो ८ लाख डोज भेराेसेल खाेप ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खाेप लिन निगमकाे वाइडबडी जहाज बुधबार राति बेइजिङ गएकाे थियाे ।

खोप ल्याएर निगमकाे जहाज आज राति फेरि खोप ल्याउन बेइजिङ जाने कार्यतालिका छ । साउन ९ गते पनि निगमकाे जहाज चौथो खेपका लागि चीन जानेछ । साे जहाजले साउन १० मा खाेप नेपाल ल्याइसक्नेछ ।

केपी शर्मा ओली नेतृत्वकाे सरकारले चीनसँग ४० लाख डाेज खाेप किनेकाे थियाे । साे खाेपमध्ये असार २५ गते निगमकाे जहाजले पहिलाे खेपमा चीनबाट ८ लाख डोज खोप ल्याइसकेकाे छ । साे खाेप लक्षित समूहलाई लगाइसकिएकाे छ ।

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने बताइसकेको छ । केही दिनभित्रै अनुदान र किनेकाे गरी २५ लाख डोज भेराेसेल खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । चीनले यसअघि १८ लाख खोप अनुदानमा दिइसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !