९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हरिणकाे छालासहित झापाबाट दुई पक्राउ

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार ०६:२०


झापा । हरिणकाे छालासहित झापाबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षीय लुखिराम हस्दा र २४ वर्षीय सुमन टुडु रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयाे ।

झापा कचनकवल गाउँपालिका-३ अभिमुक्तेश्वर सामुदायिक बनमा हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्ने बिशेष सूचानाको आधारमा असार २२ गते प्रहरी चाैकी पथरियाबाट खटिएको टाेलीले उनीहरुलाई पक्रेकाे हाे ।

हरिणको छालासहित दुई जनालाई तत्काल पक्राउ गर्न सफल भएपनि केही व्यक्ति फरार रहेकाे प्रहरीले जनाएकाे छ । फरार व्यक्तिहरुकाे खाेजी भइरहेकाे छ ।  लुखिराम र सुमनलाई हरिणकाे छालासहित आवश्यक कानुनी कारबाहीको लागि डिभिजन बन कार्यालय झापामा बुझाइएकाे प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !