१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बैंकिङ प्रणालीबाट ट्राफिक जरिवाना

प्रकाशित मिति :  ७ फाल्गुन २०७७, शुक्रबार ०९:१०


चितवन । जिल्ला  ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवानामा परेका चालकले ग्लोबल आइएमई बैंकमा  तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमा ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट सङ्कलन गर्दा  प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताउनुभयो ।

सहज र प्रभावकारी ढङ्गले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिबद्ध भएको भन्दै लामाले सहजरुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । बैंकिङ प्रणालीले प्रहरीको कामलाई सहज बनाउने भन्दै लामाले जरिवाना तिर्ने व्यक्तिलाई झण्झटिलो नहुने गरी काम गर्न निर्देशन दिनुभयो ।  प्रहरीलाई इमान्दार बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै लामाले प्रहरी ठीक नभएसम्म सेवा प्रवाहसमेत ठीक नहुने भएकाले शुद्धीकरण अभियान सञ्चालन गरेको बताउनुभयो ।

प्रहरीको सेवा प्रवाह समयसापेक्ष परिवर्तन गर्दै बैंकिङ प्रणाली लागू गरिएको कोइरालाको भनाइ छ । बैंकिङ प्रणालीबाट जरिवाना सङ्कलन गर्दा सजिलो र पारदर्शी हुने भन्दै कोइरालाले ट्राफिक प्रहरीको कामकाजसमेत छिटो छरितो हुने विश्वास व्यक्त गर्नुभयो ।

बैंकिङ प्रणालीमार्फत कारोवार गर्दा ट्राफिक प्रहरीलाई सहज भए पनि सवारी  चालकलाई भने समस्या हुने भन्दै उहाँले जरिवाना तिर्नका लागि छुट्टै काउण्टर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैंकमा लामो समयसम्म लाइन लाग्नुपर्ने तथा बजारमा पार्किङ गर्ने स्थानको अभाव हुँदा चालकलाई थप समस्या हुने सुवेदीको भनाइ थियो ।

-रासस



प्रतिक्रिया दिनुहोस !