१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफ्नै साथीकाे हत्या गरी६ वर्षअघि फरार रहेका एक पक्राउ

प्रकाशित मिति :  ७ फाल्गुन २०७७, शुक्रबार ०८:२५


काठमाडाैं । ६ वर्षअघि काठमाडाैंमा आफ्नै साथीकाे हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले गाेकुलगंगा गाउँपालिका-४ का ५४ वर्षीय भिमे सार्कीलाई बुधबार पक्रेकाे हाे ।

महाशाखाका अनुसार ०७१ साल चैत ९ काे बिहान काठमाडाैंकाे धोवीखोलास्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा एउटा शव फेला परेकाे थियाे । उक्त शव  तुल्सीपुर नगरपालिका-१० का द्रोण बहादुर सेनकाे रहेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे थियाे ।

टाउकोमा ईट्टा प्रहार गरी उनकाे हत्या भएकाे प्रहरीकाे ठहर थियाे । द्राेणकाे हत्या भिमेले नै गरेकाे प्रहरीकाे अन्तिम ठहर थियाे । त्यसपछि उनी फरार थिए ।

भागेपछि भारतको राजस्थानमा लुकीछिपी बस्दै आएका भिमे पछिल्लाे समय काठमाडाैंमा लकीछिपी बस्दै गरेकाे सूचनाकाे आधारमा पक्राउ गरिएकाे महाशाखाले जनाएकाे छ ।

-रासस



प्रतिक्रिया दिनुहोस !