९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज पनि नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार ०४:४९


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ३ बजे बस्ने बैठकमा पार्टीकाे आन्तरिक जीवन लगायत विषयमा छलफल हुनेछ । शुक्रबारकाे बैठक आज बस्नेगरी स्थगित गरिएकाे थियाे ।

दशाैं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै ०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित एमालेले शुक्रबारदेखि केन्द्रीय कमिटीको १३ औं बैठक बाेलाएकाे हाे । गत बुधबार बसेकाे महाधिवेशन आयोजक कमिटीकाे बैठकले साे कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेकाे थियाे ।

एमाले र माओवादी केन्द्र व्युँतिएपछि यसअघिका बैठकमा सहभागी नहुनुभएका उपाध्यक्ष वामदेव गौतमपनि  शुक्रबारकाे बैठकमा भने सहभागी हुनुभयाे । मावधकुमार नेपालकाे गुट भने बैठकमा सहभागी भएन ।

बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने बैठकमा सहभागी हुन माधव गुटलाई आग्रह गर्नुभएकाे थियाे । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन माधव नेपाल र झलनाथ खनालसहितका २३ नेतालाई अध्यक्ष ओलीले २ दिनकाे म्याद दिनुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !