१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

२४ घण्टामा ३४५१ जना काेभिडमुक्त, २९ हजार २७४ निकाे हुन बाँकी

प्रकाशित मिति :  १८ असार २०७८, शुक्रबार १४:२२


काठमाडाैं । नेपालमा थप २ हजार २ सय ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

गत २४ घण्टामा ६ हजार ५ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ९१ जना र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जना जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४२ हजार ५३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६ हजार ७ सय ५५ जनामा संक्रमण देखिएकाे छ ।

गत २४ घण्टामा ३ हजार ४ सय ५१ जना निको भएका छन् । याेसँगै काेभिडबाट निकाे हुनेकाे संख्या ६ लाख ३ हजार ६ सय पुगेकाे मन्त्रालयले शुक्रबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा थप ३४ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडका कारण ज्यान गुमाउनेकाे संख्या ९ हजार १ सय ७९ पुगेको मन्त्रालयले जनाएकाे छ ।

देशभर सक्रिय संक्रमितकाे संख्या २९ हजार २ सय ७४ संख्या रहेकाे मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !