१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्माले दिनुभयाे राजीनामा

प्रकाशित मिति :  १८ असार २०७८, शुक्रबार ०९:१५


काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएकाे छ ।

सुमन जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी सरकारमा सहभागी हुनुभएकाे थियाे । राज्यमन्त्री रायमाझीले शुक्रबार बिहान मुख्यमन्त्री शंकर पाेखरेल समक्ष राजीनामा बुझाउनुभएकाे हाे ।

सरकारलाई जसपाकाे सर्मथन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ । आफ्नाे सरकारमा सहभागी गराएकाेमा शर्माले मुख्यमन्त्रीलाई धन्यवाद दिनुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !