१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीले केन्द्रीय समितिको बैठक भित्र औंल्याउनुभयो १२ प्रवृत्ति

प्रकाशित मिति :  १८ असार २०७८, शुक्रबार ०८:१९


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले केही खतरनाक प्रवृत्ति बढिरहेको औंल्याउनुभएको छ ।

राजधानीमा पार्टी केन्द्रीय समितिको बैठकको सुरुमा सम्बोधन गर्दै ओलीले औंल्याउनुभएका १२ वटा प्रवृत्ति यस्ता छन्

१– अनुशासन उल्लंघन गर्नुलाई बहादुरी भन्ने

२– राजनीतिक दलले नै अराजकता फैलाउन खोज्ने

३– निषेधाज्ञा तोड्ने र हामीलाई कसले के गर्न सक्छ भन्ने

४– अनुशासनहीन र उछृङखल हुने

५– सामाजिक सभ्यता र मर्यादाको उल्लंघन गर्ने

६– छाडा स्तरहीन काम गर्ने

७– जनतामा जान नदिने, संसद्मा समाधान नहुने, अदालतमा समाधान खोज्ने

८– अदालतलाई दवाब दिने

९– प्रगतिशील शक्तिलाई बदनाम र छिन्नभिन्न बनाउने

१०– आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षी नेताको सरकार बनाउने

११¬– आफ्नो कर्तव्य पूरा गरिरहेको राष्ट्रपतिमाथि निकृष्ट, असामाजिक र अमर्यादित लान्छना लगाउने

१२– हाम्रो पार्टी ध्वस्त पार्न खोज्ने, साख गिराउन खोज्ने ।



प्रतिक्रिया दिनुहोस !