९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

 आज राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नुहुने

प्रकाशित मिति :  १७ असार २०७८, बिहीबार १०:३४


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्नुहुने जानकारी दिनुभएकाे हाे ।

राष्ट्रपतिले सम्बाेधन गर्नुहुने तय भएकाे एमाले राष्ट्रिय सभा प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयाे । यद्यपि कहिले सम्बाेधन गर्नुहुने भन्ने मिति तय नभएकाे उहाँले बताउनुभयाे ।

राष्ट्रिय सभाकाे आठाैं अधिवेशन आज अपरान्ह ४ बजेदेखि सुरु हुँदैछ । कार्यव्यवस्था समितिमा भएकाे सहमति अनुसार राष्ट्रिय सभाकाे पहिलाे बैठकमा दलका नेताहरुले सम्बाेधन गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस !