९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज प्रजातन्त्र दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै

प्रकाशित मिति :  ७ फाल्गुन २०७७, शुक्रबार ०३:४७


काठमाडाैं । आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

तीन दिनसम्म दिवस मनाउने घाेषणा गरेकाे सरकारले आज विशेष कार्यक्रम गरेर दिवस मनाउँदैछ । काठमाडाैंको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ ।

केहीबेरमा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायत मन्त्रीहरू, सरकारका उच्च अधिकारीहरू सहभागी हुनुहुने बताइएकाे छ ।

२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा याे दिवस मनाउन थालिएको हो ।

 



प्रतिक्रिया दिनुहोस !