१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

८ जना नेता थपिए एमालेकाे स्थायी कमिटीमा

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार ०९:११


काठमाडौं । नेकपा एमालेकाे स्थायी कमिटीमा ८ जना नेता थपिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारका बुधबार बसेकाे एमालेकाे १० औं महाधिवेशन आयाेजक कमिटीकाे अन्तिम बैठकले ८ नेतालाई स्थायी कमिटीमा राख्ने निर्णय गरेकाे प्रवक्ता प्रदीप ज्ञवालीले साे जानकारी दिनुभयाे । नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार तथा एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै एमालेमै बसेका पूर्व माओवादीका चार नेतालाई बैठकले स्थायी कमिटी सदस्य मनोनीत गरेको हो ।

एमालेबाट रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त फेरि स्थायी कमिटी सदस्यमा थपिनुभएकाे छ । जसमा बेदुराम र रघुजी माधव गुटका हुनुहुन्छ । पूर्व माओवादी तर्फबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटी सदस्य बन्नुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !