१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भंग भयाे एमालेको दशाैं महाधिवेशन आयोजक कमिटी

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार ०९:०३


काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे महाधिवेशन आयोजक कमिटीकाे अन्तिम बैठकले साे कमिटी भंग गर्ने निर्णय गरेकाे हाे । बैठकले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेकाे प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

बैठकले एमालेलाई ०७५ जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणा गरेकाे छ । बैठकले पुरानै संरचनाको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेकाे छ ।रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते बाेलाइएकाे उहाँले बताउनुभयाे ।

सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाले एमाले ब्युँताएकाे थियाे । त्यसपछि गत फागुन २८ गते बसेकको एमाले केन्द्रीय कमिटी बैठकले १० औं महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो  । संस्थापन पक्षकाे साे निर्णयमा माधव गुटले असन्तुष्टि जनाउँदै आएकाे थियाे

एमाले एकताका लागि प्रयास गरिरहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आएकामा वार्ता र संवादबाट पार्टी एकता लाई कायम राख्ने कोशिस भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !