१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज धेरैजसाे ठाउँमा पानी पर्ने सम्भावना

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार ०५:०९


काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेकाे छ ।

देशभर मनसुनी वायुको सक्रिय प्रभाव परेकाले धेरैजसाे ठाउँमा पानी पर्ने सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आजदेखि मनसुन थप सक्रिय भएकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली छ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परिरहेकाे महाशाखाले जनाएकाे छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा भारी ठूलाे पानी पर्ने सम्भावना छ  ।

आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२ वाग्मती र गण्डकी प्रदेशका  थोरै ठाउँमा ठूलाे पानी पर्ने सम्भावना छ ।

ठूलाे पानी पर्ने सम्भावना भएका प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएकाे छ । ती क्षेत्रमा दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले  आगामी २४ घण्टासम्म आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुराेध गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !