१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै

प्रकाशित मिति :  १५ असार २०७८, मंगलवार ०६:५५


काठमाडौं  नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि बैठक बाेलाउनु भएकाे एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले  जानकारी दिनुभयाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मूलत: महाधिवेशन आयोजक कमिटीको बैठकका एजेण्डा तय गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभयाे । स्थायी कमिटी बैठक केही दिन निरन्तर चल्ने पनि तामाङले जानकारी दिनुभयाे ।

एमालेकाे १० औं महाधिवेशन आयोजक कमिटीकाे बैठक भाेलिका लागि बाेलाइएकाे छ । साे बैठकमा माधव गुट भने सहभागी नहुने भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !