९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भन्दै ६० हजार घूस लिने प्रहरी जवानविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार ०८:१५


काठमाडाैं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

यादवविरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे । यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई घूस रकमसहित पक्रेकाे थियो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनेर सेवाग्राहीसँग ६० हजार रुपैयाँ घूस लिएको पुष्टि भएपछि यादव विरुद्ध मुद्दा दायर गरिएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !