१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

प्रकाशित मिति :  ६ फाल्गुन २०७७, बिहीबार ११:१९


काठमाडौं । पेट्रोलियम पदार्थको भाउ मंगलबार बढेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको हो ।

डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैँयाले बढाइएको  छ ।  अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४ रुपैँया कायम भएको छ ।  डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको भाउ ६७ रुपैँया कायम भएको निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा तेलको भाउ बढेपछि नेपालमा पनि भाउ बढाइएको हो ।

-रासस



प्रतिक्रिया दिनुहोस !