९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशका केही ठाउँमा आज ठूलाे पानी पर्ने

प्रकाशित मिति :  १२ असार २०७८, शनिबार ०४:५१


काठमाडाैं । आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार देशका केही ठाउँमा आज ठूलाे पानी पर्ने सम्भावा‍न पनि छ । काठमाडाैं उपत्यकासहित देशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेकाे छ । अहिले प्रदेश-१, प्रदेश-२ र  वाग्मती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली छ । प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम पानी परिरहेकाे महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशभरकाे माैसम सामान्य बदली रहने महाशाखाले माैसमी बुलेटिनमा उल्लेख गरेकाे छ । आज दिउँसाे र राति प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको पनि महाशाखाले जनाएको छ । मनसुनी वायु र दक्षिणी भूभाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण ती ठाउँमा ठूलाे पानी पर्न लागेकाे हाे ।

आगामी तीन दिनसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ । पहाडी भू-भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन महाशाखाले सबैलाई अनुराेध पनि गरेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !