१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रुसमा दैनिक २० हजार भन्दा बढी कोभिड संक्रमित

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार १४:०५


मस्को । रुसमा शुक्रबार पनि २० हजार जना भन्दा बढी नागरिकमा कोभिडको संक्रमण भएको बताइएको छ ।

रुसमा गएको २४ घन्टा यता २० हजार तीन सय ९३ जना नागरिक संक्रमणमा परेका यहाँका संचारमाध्यमहरुलाइ रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता कम्तीमा पनि ६ सय जनाको ज्यान गएको छ । यो समेत गरी रुसमा अहिलेसम्म कोेभिडका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

रुसको मस्को शहरमा यहाँका संक्रमित मध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रुसमा यहाँका संक्रमितहरु मध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । समाचार अनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।

त्यसैगरी गएको चौबीस घन्टा यता मात्र पनि रुसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोभिडका विरुद्धको खोप दिइएको बताइएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !