४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं महानगरले स्थानीयकाे मृगाैला निसुल्क जाच्ने

प्रकाशित मिति :  ६ फाल्गुन २०७७, बिहीबार ११:१२


काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आजदेखि नगरभित्रका स्थानीयको मृगाैला परीक्षण थाल्दै छ ।

महानगरले नगरभित्रका स्थानीय नागरिककाे निःशुल्क मृगाैला परीक्षण थाल्न लागेकाे हाे । महानगरपालिकाको जनस्वास्थ्य विभागले सूचना निकालेर साे जानकारी दिएकाे हाे ।

३२ वटै वटाका स्थानीय नागरिकको साे सेवा पाउनेछन् । ‘स्वस्थ मृगाैला, स्वस्थ काठमाडाैं’ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको साे कार्यक्रम ६ महिनासम्म चल्ने विभागले जनाएकाे छ ।

मृगाैला परीक्षणका लागि महानगरभित्र बस्ने नगरबासीले वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा गई पिसावको प्रारम्भिक परीक्षणमार्फत जाँच गराउन सक्ने सूचनामा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !