९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघद्वारा मनाङका बाढी प्रभावितलाई सहयाेग

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार ११:२५


काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मनाङका बाढी प्रभावितलाई सहयाेग गरेकाे छ ।

मनाङको नासो गाउँपालिका-१ ताल पुगेर युवा संघले  बाढी पीडितलाई राहत सामग्री सहयाेग गरेकाे हाे । अध्यक्ष किरण पौडेलको नेतृत्वमा सडक मार्गबाट त्यहाँ पुगेकाे युवा संघकाे टाेलीले करिब १५ लाख बराबरकाे जिन्सी र नगद ३ लाख वडाध्यक्षमार्फत हस्तान्तरण गरेकाे हाे ।

एक ट्रक र ५ पीकअप गाडीसहित लमजुङको बाउनडाँडा पुगेको टाेलीले त्यहाँबाट ६ ट्रीप रहात सामग्री हेलिकप्टरबाट मनाङको तालसम्म सामग्री पुर्‍याएकाे छ ।बाँकी सामग्री स्थलमार्गबाटै संघका स्थानीय कमिटीले तालसम्म पुर्‍याइने युवा संघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !