६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर ९६ संक्रमित थपिए, तीन जनाले ज्यान गुमाए

प्रकाशित मिति :  ६ फाल्गुन २०७७, बिहीबार ११:०५


काठमाडाैं । नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या घट्ने क्रम जारी छ ।

गत २४ घण्टामा देशभर ९६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । ३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएकाे छ । जसमा काठमाडौं उपत्यकाका ४२ जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । तीमध्ये २ लाख ६९ हजार ५ सय ५ जना निकाे भएका छन् । गत २४ घण्टामा १ सय ११ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा ३ जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २ हजार ५८ पुगेको मन्त्रालयले जनाएकाे छ ।

देशभर अब १ हजार ६ सय ३ जना सक्रिय संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !