१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

छथरका युवा गयत्रीदेवी बचाउ अभियानमा,गरे ५३ हजार सहयोग

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार ०७:२९


छथर । अहिले छथर गाँउपालिकाका युवा गायत्रीदेवी बस्नेत बचाउ अभियानमा लागि परेका छन् ।

आर्थिक अभावका कारण वीर अस्पतालमा कोरोना र बोनम्यारो रोगले छटपटाइरहेकी गायत्री देवीको उपचारमा सहयोग होस भनेर छथरका युवा आर्थिक संकलनमा लागि परेका हुन् ।

जेष्ठ ३१ गतेबाट अर्थिक संकलनमा लागि परेका युवाले आज सम्म ५३ हजार तीन सय ४५ रुपैयाँ जम्मा पारेका छन् । उक्त रुपैयाँ गाँउपालिका अध्यक्ष सन्तविर लिम्बु मार्फत युवाहरुले पीडित परिवारको सदस्यलाई हस्तानतरण गरेका छन् ।

अहिले गायत्रीदेवी वीर अस्पतलको  शैय्यामा मृत्यु सँग लडिराखेको हुनुहुन्छ । उहाँको स्वास्थ्य अबस्था र आर्थिक अबस्था अत्यन्तै नाजुक छ ।



प्रतिक्रिया दिनुहोस !