१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जगदम्बा स्टिल उद्योगमा आगलागी,दुईकाे ज्यान गयाे

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार ०२:१९


काठमाडाैं । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदूरको ज्यान गएको छ ।

सिमरास्थित उद्योगमा शनिबार राति  भएकाे आगलागीमा परेर दुई भारतीय मजदूरकाे ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकाे सिमान जिल्लाका ४५ वर्षका रामनाथ महताे रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आगलागीमा परि रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते भएका छन् । उनीहरुको सिमरामा उपचार भइरहेको छ । फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ । जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगाे नियन्त्रणमा लिइएको थियो ।



प्रतिक्रिया दिनुहोस !