९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेलम्चीमा फेरि बाढी,दोलालघाट पुल जाेखिममा

प्रकाशित मिति :  ४ असार २०७८, शुक्रबार १७:१३


मेलम्ची । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन ।

आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । पहिलानै नदीमा माटोको सतह बढेकाे र अहिले फेरी नदीमा पानीकाे सतह बढेकाे कारण दोलालघाटमा रहको पक्की पुल जोखिममा परेकाे छ ।
-रासस



प्रतिक्रिया दिनुहोस !