१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

टुङ्टुङ लेकका पहिरामा चार  बेपत्ता

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार १४:४१


सिञ्जा । जुम्लाको पातारासी गाउँपालिका लेखिढुंगा टुङ्टुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन ।

सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन । पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको  जिल्ला प्रहरी  कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

उनीहरु जडिबुटी खोज्न पाटन गएका बताइएको छ  । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले ‘मौसममा सुधार हुने बित्तिकै हवाई बेपत्ताको खोजी सुरु हुन्छ  ।’

–रासस



प्रतिक्रिया दिनुहोस !