९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिका बस्ने नेपालीद्वारा स्वास्थ्य सामग्री सहयाेग

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार ०७:०८


मध्यपुरथिमि । कटुंजेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुंजे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कटुंजेका रामबहादुर थापा, रञ्जनराज ढुंगेल लगायतको पहलमा अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीका लागि दुई थान बिरामी राख्ने श्यया, अक्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायत विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन् ।

उक्त स्वास्थ्य सामग्री नगर प्रमुख वासुदेव थापाले स्वास्थ्य चौकीलाई आज हस्तान्तरण गर्नुभयो । उहाँले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम एवं बजेट ल्याइने बताउनुभयो । उहाँले जगतीमा नगर अस्पताल संचालनको अन्तिम तयारी रहेको र सो अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरीदका लागि बोलपत्र भइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष एवम् कटुंजे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले अमेरिका बस्ने यहाँका नेपालीको सहयोगले स्वास्थ्य चौकीको आवश्यकताअनुसारका केही सामग्री सहयोग आउँदा राहत मिलेको बताउनुभयो ।

– रासस



प्रतिक्रिया दिनुहोस !