२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीमा विपक्षी गठबन्धनले सरकारका गर्‍याे दाबी

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार १२:४४


काठमाडाैं ।  गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकारका लागि दाबी पेस गरेको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष ३१ सांसद्काे हस्ताक्षरसहित विपक्षी गठबन्धनले सरकार गठनको दाबी पेस गरेकाे हाे । गठबन्धनले कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद् दीपक मनाङेको हस्ताक्षर प्रदेश प्रमुख समक्ष प्रस्तुत गरेको हो

गठबन्धनले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा  प्रस्ताव गरेकाे छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासकाे मत नपाएपछि  प्रदेश प्रमुख पाैडेलले  शुक्रबार सरकार गठनका लागि जेठ २९ गते ३ बजेसम्मको समय दिनुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !