२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

३७५० संक्रमित थपिँदा ५२२५ जना निकाे भए, ६७ ले ज्यान गुमाए

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार १२:४३


काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमणदर घट्दै गएकाे छ ।

केही दिन यता संक्रमित हुने भन्दा निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ । गत २४ घण्टामा ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७ सय ९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५ सय ८४ जनाको परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हाे ।

याेसँगै नेपालमा पीसीआरबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । एन्टिजेनबाट परीक्षण गर्दा १८ हजार ७ सय ५५ जनामा काेभिड देखिएकाे मन्त्रालयले शुक्रबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टमा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा कोभिडबाट मुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ । नेपालमा काेभिड निकाे हुने दर ८६ दशमलव २ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा ६७ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ८ हजार ३ सय ५ पुगेकाे छ । नेपालमा काेभिड मृत्यु दर १ दशमलव ६ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !