३ असार २०७८, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विकास आयोजना संचालन गर्दा आदिवासीलाई क्षति नपुर्‍याऊँ : रीता माझी

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार ०८:२९


काठमाडौं । राप्रपाकी वाग्मती प्रदेश सभा सदस्य रीता माझीले आदिवासी जनजाति समुदायलाई कम भन्दा कम क्षति हुने गरी विकासका आयोजना सञ्चालन गरिनु पर्ने बताउनुभएको छ ।

सुनकोसी मरिण डाइभर्सनको कारण रामेछापका माझी समुदाय विस्थापित हुने भएकाले यस विषयमा ध्यान दिन उहाँले केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्नुभयो । आदिवासी जनजातिको धर्म संस्कार र परम्परा संरक्षण गर्न नसक्ने हो भने उनीहरुको पहिचान नष्ट हुने उहाँले बताउनुभयो ।

उहाँले जलविद्युत आयोजना निर्माण गर्दा माझी समुदाय विस्थापित हुने गरेको बताउनुभयो । ‘सबै कुराको संरक्षण गरे मात्र आयोजना सञ्चालन गर्छौँ भन्ने प्रतिवद्धता आउनु पर्छ’, उहाँले भन्नुभयो ।

बिहीबार वाग्मती प्रदेश सभा बैठकमा बोल्दै उहाँले कोभिड नियन्त्रणको लागि तत्काल खोपको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !