२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नीति तथा कार्यक्रम अनुसार आयो भने बजेट राम्रो आउँछ : राजेन्द्र पाण्डे

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार ०८:०९


काठमाडौं । नेपकपा एमालेका नेता तथा वाग्मती प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रम अनुसार प्रदेश सरकारको बजेट आएमा धेरै कुरा समेटिने बताउनुभएको छ ।

शुक्रबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै उहाँले सरकारले विभिन्न १६ वटा नारा सहितको कार्यक्रम ल्याएको बताउनुभयो । ‘सांकेतिक रुपमा यी कार्यक्रमलाई समेटेर ल्यएको छ, यसमा म सकारात्मक छु’, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले केन्द्र सकारसँग समन्वय गरेर सबै नागरिकलाई खोप लगाउने कुरा, अस्पतालको क्षमता विकास र पूर्वाधार व्यवस्थापनको कुरा राम्रो रहेको उहाँले बताउनुभयो । कोभिडबाट बाबुआमा गुमाएका बालबालिकालाई निर्वाह भत्ता र प्रदेशका अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था निक्कै राम्रो भएको उहाँले बताउनुभयो ।

उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम समाजवाद उन्मुख रहेको समेत बताउनुभयो । प्रदेश सरकारको चौथो वर्षको बजेट निक्कै राम्रो रहेको उहाँको भनाइ छ ।

उहाँले दोलखाको सदरमुकाम चरिकोटको अस्पताललाई पशुपति चौलागाईँ स्मृति अस्पताल नामाकरण गर्न पनि सुझाव दिनुभयो । दोलखाबाट निर्वाचित प्रदेश सभा सदस्य स्वर्गीय पशुपति चोलागाईँको स्मरणमा सो अस्पतालको नामाकरण गर्न आग्रह गर्नुभयो । चौलागाईँको कोभिड संक्रमणको कारण एक महिना अघि निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !