२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

२४ घण्टामा ३७४९ संक्रमित थपिए, ५२९३ जना निको भए

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार १२:५२


काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या घट्ने क्रम बढेकाे छ ।

गत २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोभिड संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ९ सय १ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८७४ र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा काेभिड देखिएकाे हाे ।

याेसँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या ६ लाख १ हजार ६ सय ८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७ सय १४ पुगेको छ । नेपालमा कुल संक्रमितकाे संख्या ६ लाख १९ हजार ४ सय १ पुगेकाे छ ।

गत २४ घण्टामा ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् । याेसँगै निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

गत २४ घण्टामा ५९ जनाले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ८ हजार २ सय ३८ पुगेकाे छ । देशभर आज ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !