३ असार २०७८, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश-१ ले ल्यायाे ‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ११:४७


काठमाडाैं । प्रदेश-१ सरकारले आर्थिक वर्ष ०७८-०७९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

प्रदेश प्रमुख साेमनाथ अधिकारीले आज बसेकाे प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएकाे छ ।

काेभिड राेकथामका लागि जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाइ र पोषणसँग सम्बन्धित कार्यलाई मुख्य प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।कोभिड विरुद्धको खोपमा सबै प्रदेशबासीहरुको सरल र सहज पहँचुलाई सुनिश्चित गर्न ‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम सञ्चालन गरिनेछ ।

औषधि अक्सिजन लगायत स्वास्थ्य सामग्रीको सहज आपूर्ति तथा वितरण व्यवस्थापनाका लागि संघीय सरकारकाे समन्वय तथा सहकार्यमा सबै संशाधनकाे अधिकतम परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी तथा सुरक्षा निकायमा राष्ट्रसेवक मनाेबल अभिवृद्धि गर्न अतिरिक्त परिताेषिककाे व्यवस्था गरिनेछ ।

स्वास्थ्य स्वयंक सेविकाहरुका लागि थप सुविधा दिइने र कडा राेग लागेमा निशुल्क उपचारकाे व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !