३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

खैरोहिरोईन ब्राउसुगरसहित एक जना पक्राउ

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ०८:५०


सुनसरी । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलिले सुनसरी जिल्ला कोशी गाँउपालिका–८ भाण्टाबारीबाट लागुऔषध खैरोहिरोईन ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरीएको छ ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–८ भाण्टाबारीका ४० बर्षीय शंम्भु कबिरथ हुन ।

कबिरथवाट प्रहरीले ९.५४० ग्राम खैरोहिरोईन ब्राउसुगर वरामद गरेको छ । पक्राउ परेका शंम्भु कबिरथलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद लिई थपअनुसन्धान भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !