४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभागृह निर्माणको काम सुरु

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ११:१०


देउखुरी । लुम्बिनी प्रदेशको  राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सभागृह निर्माणको काम सुरु गरिएको हो । सभाहल निर्माणका लागि पाँच करोड २१ लाख रुपैयाँकाे लागतमा सुविधासम्पन्न सभाहल निर्माणको काम सुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिनुभयो ।

कोभिडको संक्रमण फैलन नदिन गरिएको लकडाउनमा पनि निर्माणको काम नरोकिएको उहाँले बताउनुभयो । एक सय मानिस अटाउन सक्ने सभाहल, सभामुखको लवी, स्टेज सबै निर्माण हुनेछन् । चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य रहे पनि लकडाउनका कारण निर्धारित समयमा सभाहल निर्माण सम्पन्न गर्न कठिनाइ हुने भएको मजगैयाँले बताउनुभयो ।

-रासस



प्रतिक्रिया दिनुहोस !