३ असार २०७८, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमित घटे सँगै खालि हुँदै शय्या

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०८:२७


राझाँ । कोरोना संक्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् ।

लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका दुई सय मध्ये ४४ शय्या खाली भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले भेरीमा एक सय ४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका एक सय ३० श्ययामध्ये ५२ शय्या खाली छन् । अठहत्तर बिरामी भर्ना भएकामा ७० सिकिस्त छन् ।

यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकलमध्ये १३ शय्या र युनाइटेड अस्पतालका १५ मध्ये १० शय्या खाली भएका छन् । बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

-रासस



प्रतिक्रिया दिनुहोस !