१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

किरियापुत्री बसेका दुई दम्पतीको गयाे ज्यान

प्रकाशित मिति :  २१ जेष्ठ २०७८, शुक्रबार ०७:४९


किमाथांका । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको ज्यान गएको छ ।

गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको ज्यान गएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिनुभयो ।

सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बस्नुभएका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर ज्यान गएको हो ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा ज्यान गएको र उहाँकी श्रीमती कमलाको घटनास्थमै ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

–रासस



प्रतिक्रिया दिनुहोस !