२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले दिएकाे भेराेसेल खोप आज आइपुग्दै

प्रकाशित मिति :  १८ जेष्ठ २०७८, मंगलवार ०२:१३


काठमाडौं । नेपाललाई चीनले अनुदानस्वरुप दिएकाे काेभिड-१९ विरुद्धकाे खाेप आज नेपाल आइपुग्ने भएकाे छ ।

चीनले अनुदानमा दिने भनेकाे १० लाखमध्ये ८ लाख डोज भेरोसेल खोप आज दिउँसाे नेपाल आइपुग्ने भएको हाे । खोप लिन सोमबार राति नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी जहाज चीनको बेइजिङ गएको थियो । खोप लिएर वाइडबडी जहाज आज दिउँसो २ बजे काठमाडौं अवतरण गर्नेछ ।

बाँकी २ लाख डोज तिब्बत सरकारले दिनेछ । साे खाेप पनि चाँडै ल्याइने बताइएकाे छ ।

यो खोप खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा‍. कृष्णप्रसाद पौडेलले अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने लगाउने तयारी गरिएकाे साेमबार सम्मेलनमा जानकारी दिनुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !