१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा, छुट्टाइयाे ८ अर्ब ७३ कराेड बजेट

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १२:२५


काठमाडाैं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने भएकाे छ ।

बालबालिकालाई विद्यालयमा आकर्षित गर्न र बालबालिकाकाे पाेषण स्तरणमा सुधार ल्याउन सरकारले दिवा खाजा कार्यक्रमकाे घाेषणा गरेकाे हाे । आर्थिक वर्ष ०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी विद्यालयका विद्यार्थीलाई दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड विनियोजन गरिएकाे जानकारी दिनुभयाे ।

बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन शैक्षिक सत्र पूरा नगरी बीचमै कक्षा छाड्ने समस्या समाधान गर्न सार्वजनिक विद्यालयको कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !