४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको निधन

प्रकाशित मिति :  १३ जेष्ठ २०७८, बिहीबार ०७:०६


धनगढी । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ ।

लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौंस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिनुभयो ।

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आउनुभएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत हुनुभएको थियो ।

पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल ०७० सालको दोस्रो संविधानसभाअघि कांग्रेस प्रवेश गर्नुभएको थियो । ०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लले माघ ८ गते शपथ लिनुभएको थियो । मल्लका एक छोरा र एक छोरी हुनुहुन्छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !