१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

२४ घण्टामा १६९ संक्रमितले ज्यान गुमाए, ८६३६ थपिए, ६४०४ जना निकाे भए

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ११:५७


काठमाडाैं। नेपालमा गत २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

२२ हजार ३ सय ६ जनाकाे पीसीआर गर्दा ८ हजार ३ सय ८७  र ६ सय ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । तीमध्ये ४ लाख ४ हजार ८ सय ८७ जना निकाे भएका छन् । गत २४ घण्टामा ६ हजार ४ सय ४ जना निको भएका छन् ।

देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।

गत २४ घण्टामा देशभर १ सय ६९ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ६ हजार ७ सय पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !