१० श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तातोपानी नाका पुनः सञ्चालन

प्रकाशित मिति :  २७ माघ २०७७, मंगलवार १२:२४


काठमाडाैं । नेपाल चीन बीचको प्रमुख व्यापारिक  नाका तातोपानी   आजदेखि पुनःसुसञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मतका लागि  चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो ।

नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाषक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोराेना सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ ।

चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामा चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ ।

भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि  मात्र सुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ । आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, मास्क तथा जलद्यिुत् आयोजनाका यान्त्तिक सामान रहेको बताइएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !