४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले स्थायी कमिटी बैठक बस्दै, ११ सांसद्‍काे स्पष्टिकरणबारे निर्णय हुने

प्रकाशित मिति :  १० जेष्ठ २०७८, सोमबार ०४:५१


.

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी आज बस्ने भएको छ ।

बैठ प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले राइजिङ सन खबरलाई जानकारी दिनुभयाे । बैठकमा पार्टीकाे आन्तरिक विवाद, समसामयिक राजनीतिक घटनाक्रम, काेभिड लगायत विषयमा छलफल हुने तामाङले बताउनुभयाे ।

माधव गुटका ११ सांसद्लाई साेधिएकाे स्पष्टिकरणका विषयमा पनि बैठकले थप निर्णय गर्ने तामाङले जानकारी दिनुभयाे ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले माधव नेपालसहित विघटित प्रतिनिधि सभाका ११ जना सांसद्सँग स्पष्टिकरण माग गर्ने निर्णय गरेकाे थियाे । साे निर्णय अनुसार स्पष्टिकरणका लागि दिइएकाे समय आज बिहान सकिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !