१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटन विरुद्ध विपक्षी गठबन्धन भाेलि मात्रै सर्वाेच्च अदालत जाने

प्रकाशित मिति :  ९ जेष्ठ २०७८, आईतवार ११:०५


.

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध विपक्षी गठबन्धन साेमबार मात्रै सर्वाेच्च अदालत जाने भएकाे छ ।

आज नै सर्वाेच्च जाने विपक्षी गठबन्धनकाे तयारी थियाे । तर सबै प्रक्रिया पूरा गर्दा ढिलाे भएका कारण साेमबार मात्र अदालत जाने गठबन्धनका नेताहरुले बताएका छन् । तर स्राेतका अनुसार हस्ताक्षर बाहेक नागरिकता बाेकेर सशरीर उपस्थित हुने भनिएपनि संख्या पुर्‍याउँन नसक्दा अदालत जाने समय भाेलिका लागि सारिएकाे हाे ।

नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाेलि मात्रै अदालत जाने बताउनुभयाे । कागजातहरु तयार पार्दापार्दै ढिलाे भएकाे प्रचण्डकाे दाबी थियाे । सांसद्हरुको हस्ताक्षरलगायत डकुमेन्ट तयार भएको र रिटको ड्राप्ट साँझसम्म तयार हुने प्रचण्डले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘फिजिकल्ली नै बहुमतको उपस्थितिमा भोलि अदालत जाने जाने तयारी छ ।’

कांग्रेस संसदीय दलकाे कार्यालयमा आज विपक्षी गठबन्धनका नेताहरुले हस्ताक्षर संकलन गरेका थिए । आजै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष  प्रचण्ड र माधवकुमार नेपालबीच आज छलफल पनि भएकाे थियाे ।

प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावमा जाने सरकारको कदमविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा तथा एमालेकाे माधव गुट र जसपाकाे उपेन्द्र गुट सर्वाेच्च जान लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !