१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मध्यरातमा राष्ट्रपतिद्धारा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मंसिर ३ गते चुनाव

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार ०२:०६


काठमाडौं । प्रतिनिधि सभा विघटन भएकाे छ ।

मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि चुनावको मिति घोषणा गर्नुभएकाे हाे ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको मिति घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संविधानको धारा ७६ कने उपधारा ५ अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

यसअघि शुक्रबार मध्यराति नै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि कसैले बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गर्नुभएको थियो । राष्ट्रपतिकाे ठहर लगत्तै बसेकाे मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्दै नयाँ चुनावको मिति दुई चरणमा ताेक्न सिफारिस गरेकाे हाे ।



प्रतिक्रिया दिनुहोस !