६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

निषेधाज्ञा तोडेर आन्दोलन गर्ने प्रचण्डको तयारी

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार १५:५०


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा उपलब्ध पार्टीका केन्द्रीय सदस्य, सांसद्हरु, जनवर्गीय संगठनका सदस्यहरु, अगुवा कार्यकर्ताहरुलाई शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बोलाउनुभएको छ ।

प्रचण्ड निकट स्रोतका अनुसार शुक्रबारबाटै आन्दोलन गर्ने निर्णयका लागि प्रचण्डले सबैलाई बोलाउनुभएको हो । स्रोतले भन्यो– निषेधाज्ञा तोडेर भए पनि आन्दोलन गर्न सम्भव छ कि छैन भनेर बोलाइएको हो । सम्भव भएमा शुक्रबार नै भौतिक दूरी कायम गरेर विरोध प्रदर्शन गरिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएर संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि बाटो खोलिदिएको विरोधमा आन्दोलनको प्रयास थालिएको हो ।



प्रतिक्रिया दिनुहोस !