३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादीले कोभिड नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा गर्ने

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०६:३६


काठमाडाैं । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु भएकाे छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खर सुरु भएकाे नेतृ पम्फा भुसालले जानकारी दिनुभयाे । आजकाे बैठकमा काेभिड-१९ संक्रमण राेकथाम तथा नियन्त्रण, वाग्मतीमा भइरहेकाे उपचुनावकाे समीक्षा लगायत समसामयिक विषयमा छलफल हुने भुसालले बताउनुभयाे ।

आजकाे बैठकले काेभिड राेकथामका लागि सरकारलाई सुझावसहितका कार्यक्रम घाेषणा गर्न सक्ने उहाँले जानकारी दिनुभयाे । काेभिड नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन, सबै नागरिकलाई खोप दिन आग्रह गर्ने लगायत सुझाव सरकारलाई दिने माओवादीकाे तयारी छ ।

काेभिड नियन्त्रणका लागि माओबादीले बुधबार विज्ञहरुसँग छलफल समेत गरेकाे थियाे ।

 



प्रतिक्रिया दिनुहोस !