६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

निजी अस्पतालबाट कोभिड संक्रमितले निःशुल्क सेवा

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १७:२६


काठमाडौं । कोभिड संक्रमित बिरामीले निजी अस्पतालबाट पनि निःशुल्क उपचार सेवा पाउने भएका छन् ।

संक्रमितको निशुल्क उपचार गर्न ३० वटा निजी अस्पतालले सरकारसँग सम्झौता गरेका छन् । ती अस्पतालमा उपचार गराउने बिरामीले निःशुल्क सेवा पाउने छन् ।

त्यस्ता अस्पताललाई स्वास्थ्य मन्त्रालयले प्रति संक्रमित आइसोलेसनमा बसेको दैनिक ३ हजार ५ सय उपलब्ध गराउने छ । त्यस्तै आइसोलेसनमा राखिएका जटिल बिरामीको प्रतिदिन ७ हजार र आईसीयू तथा भेण्टिेलटरको प्रति दिन प्रति बिरामी १५ हजारका दरले अस्पतालले सोध भर्ना पाउने छन् ।

सो सुविधा दिने अस्पतालमा प्रदेश १ मा नोवल मेडिकल कलेज टिचिङ हस्पिटल रहेको छ । त्यस्तै प्रदेश २ को नेशनल मेडिकल कलेज वीरगञ्ज र जानकी मेडिकल कलेज जनकपुरले पनि सो सेवा दिने भएका छन् ।

वाग्मती प्रदेशमा भने सिभिल हस्पिटल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज जोरपाटी, पिपुल्स डेन्टल कलेज एण्ड डेन्टल हस्पिटल, बीपी कोइराला मेमोरियल कलेज हस्पिटल चितवन, काठमाडौं नेशनल मेडिकल कलेज घट्टेकुलो, महेन्द्रनारायण निधि मेमोरियल हस्पिटल बसुन्धरा र  सम्मिट हस्पिटलबाट पनि निःशुल्क सेवा लिन सकिने छ ।

त्यस्तै हेल्पिङ ह्याण्ड कम्युनिटी हस्पिटल चाहबिल, नेपाल भारत मैत्री हस्पिटल मित्रपार्क, बज्रबाराही चापागाउँ हस्पिटल, आनन्दवन हस्पिटल ललितपुर, काठमाडौैं युनिर्भसिटी स्कुल अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज सिनामंगल र मेडिकियर हस्पिटल चाहबिलबाट पनि बिरामीले निःशुल्क सेवा पाउने छन् ।

गण्डकी प्रदेशमा गण्डकी मेडिकल कलेज पोखरा र मणिपाल कलेज अफ मेडिकल साइन्स पोखराले निःशुल्क सेवा दिने भएका छन् ।

लुम्बिनीमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स र रेसुङ्गा हस्पिटल गुल्मीले निःशुल्क सेवा दिने छन् ।

यसैगरी सुदुरपश्चिममा नर्सिङ हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, मायामेट्रो हस्पिटल धनगढी, श्री पदम हस्पिटल अत्तरिया, कैलाली हस्पिटल धनगढी, नवजीवन हस्पिटल धनगढी र सुदुरपश्चिम सामुदायिक हस्पिटल अत्तरियाले पनि निःशुल्क सेवा दिने सम्झौता गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !